पिएनमा अखिललाई ‘केपी ओली फ्यान क्लब’ भन्दै विरोधमा ७ विद्यार्थी संगठन

पाेखरा | साउन ८, २०७९

पिएनमा अखिललाई ‘केपी ओली फ्यान क्लब’ भन्दै विरोधमा ७ विद्यार्थी संगठन

पृथ्वीनारायण क्याम्पस पोखरामा नेकपा एमाले निकट अनेरास्ववियुको विरुद्ध ७ विद्यार्थी संगठनले मोर्चाबन्दी गरेका छन् । 

 

लगभग बेवारिसे अवस्थामा रहेको स्वतन्त्र विद्यार्थी संगठनको भवन सरसफाई गरी अनेरास्ववियुले सम्पर्क कार्यालय  एवं पुस्तकालय स्थापना गर्ने उद्देश्य अनुरुप होर्डिङ् बोर्ड टाँगेपछि अन्य विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन्  । विद्यार्थी संगठनहरुले अनेरास्ववियुले स्ववियु भवन कब्जा गरेको आरोप लगाएका छन् । 

 

विद्यार्थी संगठनहरुले विज्ञप्ती जारी गरी ‘केपी ओली फ्यान क्लब निकट अराजक झुण्डहरुले स्ववियु भवन कब्जा गरेको’ बताएका छन् । साथै, क्याम्पसको मूलगेटमा ब्यानर राखेकोमा पनि उनीहरुको आपत्ति छ । 

 

संयुक्त विद्यार्थी संगठनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु (छैठौं)लगायत छन् ।

 

उक्त भवनबाट अखिललाई २४ घण्टाभित्र हटाउन संगठनहरुले प्रशासनलाई अल्टिमेटम दिएका छन् । अहिले विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच छलफल चलिरहेको छ। 

 

यस विषयमा विद्यार्थी संगठनहरु सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्